Your guide to Sydney trains

नेपाली

कृपया नोट गर्नु होस्

यो पृष्ठमा रहेका कुनै लिंकहरु अंग्रेजी भाषाको वेबपेजहरुमा जाने छ । अनुबाद सेवाको जानकारी तल दिईएको छ ।

CityRail रेल नेटवर्कGreater Sydney मा यात्रा गर्न CityRail रेल नेटवर्क सबै भन्दा सजिलो तरिका हो । हाम्रो सेवाले Sydney, Newcastle र Wollongong उपनगर भ्याउनुका साथै Hunter, Central Coast, Blue Mountains, Southern Highlands र South Coast प्रान्त सम्म बिस्तार गरिएको छ ।

तपाईको यात्राको योजना

सार्वजनिक यातायातबाट गर्ने तपाईको यात्राको योजना बनाउन CityRail को गृहपृष्ठमा रहेको Trip Planner मा यात्राको प्रारम्भ स्थान र गन्तब्यस्थान जनाउनु होस् । हामीले उपलब्ध रेल, बस तथा फेरी (ferry) सेवाहरु मध्येबाट सबभन्दा उपयुक्त बाटो खोजिदिने छौ ।

हाम्रा रेल लाइनहरु छुट्याउन सजिलो होस् भनेर हरेक रेल लाइनहरु रँगले छुट्याइएको छ । तपाईले यात्रा गर्ने लाइनको रँग थाहा पाउन नेटवर्कको नक्सा हेर्नुहोस् । लाइनको रँगहरु रेल अड्डा (स्टेसन) मा राखिएको बाटो खोज्ने साइनबोर्ड (signage) मा देखाईएको छ ।

टिकटहरू

आफ्नो टिकट तपाईले टिकट अड्डाबाट वा टिकट बेच्ने मेशीन (vending machine) बाट किन्न सकिन्छ । कुनैकुनै टिकट अड्डा तथा टिकट बेच्ने मेशीनले Visa, MasterCard, American Express, Diners Club र eftpos (debit card) बाट भुक्तानी लिन्छ ।

रेलमा चढ्नु अघि तपाईसँग वैध टिकट भएको हुनु पर्छ नत्र जरिवाना लाग्न सक्छ ।

त्यहाँ विभिन्न किसिमका टिकटहरु पाइन्छ र प्रत्येकको मुल्य थाहा पाउन भाड़ा गणनकर्ता (calculator) चलाउन सकिन्छ । केकस्ता टिकटहरु पाइन्छ भनि थाहा पाउन दिइएको सूचिबाट यात्राको प्रारम्भ स्टेसन र गन्तब्य स्टेसन छान्नुहोस् ।

रेल मात्रको टिकट

MyTrain single(एक‍तर्फि यात्रा) वा return (वापसी यात्रा) टिकटले तपाईलाई एक स्थान देखि अर्को स्थान सम्मको यात्रा दिन्छ । बिहान ९:०० बजे पछाडी किनेको टिकट छुटमा दिइएको हुन्छ । कृपया याद गर्नुहोस् कि एक‍तर्फि यात्रा (single) वा वापसी यात्रा (return) टिकट किनेको दिनको लागि मात्र वैध हुनेछ ।

MyTrain Weekly (सात-दिने), MyTrain Fortnightly (१४-दिने), MyTrain Monthly (२८-दिने), MyTrain Quarterly (९०-दिने ) वा MyTrain Yearly (३६५ दिने) टिकटले तपाईले छान्नु भएको स्टेसनहरू बीच असीमित यात्रा गर्न सक्नु हुनेछ- र टिकट भाडा़ छुटमा दिइएको छ।

संयुक्त रेल, बस तथा फेरी (ferry) टिकट

यदि तपाई बस वा फेरी (ferry) का साथै रेलमा पनि यात्रा गर्नु हुन्छ भने MyMulti टिकट लिने बिचार गर्नुहोस् । MyMulti टिकटले:

  • तपाईले छान्नु भएको MyMulti क्षेत्र भित्र CityRail रेलहरुमा असीमित यात्रा गर्न सक्नु हुनेछ
  • Greater Sydney भरि चल्ने यात्रु बसहरुमा असीमित यात्रा गर्न सक्नु हुनेछ
  • Sydney Ferries तथा Newcastle Ferries का फेरी सेवाहरुमा असीमित यात्रा गर्न सक्नु हुनेछ

MyMulti Weekly (सात-दिने), MyMulti Monthly (२८-दिने), MyMulti Quarterly (९०-दिने) वा MyMulti Yearly (३६५-दिने) टिकट मध्येबाट छान्नु होस्।

तपाईले छान्नु भएको स्टेसनहरु बमोजिम भाड़ा गणनकर्ता (calculator) ले तपाईलाई चाहिने टिकट देखाउछ - MyMulti1, MyMulti2 वा MyMulti3।

Greater Sydney भरि दिनभरि असीमित यात्रा गर्न MyMulti Day Pass छान्नु होस्।

बच्चा तथा छुट (concession) भाड़ा

तीन बर्ष तथा मुनिका बच्चाहरुले नि:शुल्क यात्रा गर्न पाउनु हुनेछ र CityRail का सेवाहरुमा यात्रा गर्न टिकट चाहिदैन। ४ देखि १५ बर्षका बालबच्चाहरुलाई बच्चा भाडा़ (child fare) लाग्ने छ । बच्चा भाडा़ वयस्कलाई लाग्ने भाडा़को आधा छ ।

विदेशमा जारी गरिएका विद्यार्थी, पेन्सनर तथा अरु छुटका हकरु (concession entitlements) CityRail का सेवाहरुमा यात्रा गर्न अमान्य हुनेछ ।

टिकटद्वारहरु

टिकटद्वारहरुहाम्रा प्राय जसो ब्यस्त स्टेसनहरुमा स्वचालित टिकटद्वारहरु छन् (दाहिने चित्रमा देखाए जस्तै) । तपाईको टिकटलाई टिकटको कालो चुम्बकिय पाटा (magnetic stripe) भएको पट्टि माथि पारेर, टिकटमा छापिएको तीर को दिसा तर्फ पसाउनुस् । तपाईले टिकट निकाले पछी ढोका खुल्ने छ । एकतर्फि यात्राका टिकटहरु गन्तब्यस्थानबाट फर्काइने छैन ।

यदि तपाई सरसामान, बच्चा राख्ने प्राम (pram), साइकल लिएर यात्रा गर्दै हुनुहुन्छ, वा व्हीलचेयर (wheelchair) मा हुनुहुन्छ वा ठुलो समुदायसँग यात्रा गर्दै हुनुहुन्छ अथवा गर्भवती हुनुहुन्छ भने तपाईको सुरक्षाको लागि ठुलो प्रवेशद्वार चलाउनुहोस् ।

मर्मटसम्भार कार्य

हाम्रा सेवाहरुलाई सुरक्षित र भरपर्दो बनाउन हामी नियमित रुपमा हाम्रा नेटवर्कको मर्मट कार्य (trackwork) गर्छौ । प्राय जसो कामहरु राती र हप्तान्त (weekends) मा गरिन्छ । यस्तो बेला समयतालिका परिवर्तन हुन सक्छ र रेलको सत्ता बस चलाइने छ ।

आउदो मर्मट कार्य को जानकारी यो वेबसाइट, रेल स्टेसनहरुमा टासिएका पोष्टरहरुबाट वा Transport Info लाई १३१ ५०० (सेवा अंग्रेजीमा) मा फोन गरी पाउन सकिन्छ ।

कृपया मर्मट कार्य भई रहेको बेला यात्राको लागि थप समय दिनुहोला ।

प्रख्यात गन्तब्यस्थानहरु

Sydney विमानस्थल

शहरको केन्द्रबाट Sydney विमानस्थल तर्फ हरेक १०-१५ मिनेटमा रेल जाने छ । अन्तराष्ट्रिय टरमिनल (international terminal - T1) का लागि International Airport स्टेसन अथवा घरेलु टरमिनल (domestic terminals - T2 र T3) का लागि Domestic Airport स्टेसन प्रयोग गर्नु होस् । International Airport तथा Domestic Airport स्टेसनहरु Airport & East Hills लाइनमा पर्छ (नेटवर्कको नक्सामा हरियो रँगले जनाउछ) ।

विमानस्थल स्टेसन प्रयोग गर्दा स्टेसन प्रवेश शुल्क लाग्ने छ । यदि तपाईको MyTrain टिकटले विमानस्थल स्टेसनलाई यात्राको प्रारम्भ स्थान र गन्तब्यस्थान ('International' वा 'Domestic' लेखेको देखिन्छ) भनि देखाउछ भने टिकट भाडा़मा सो शुल्क जोडिएको हुन्छ । यदि तपाईले MyMulti टिकट चलाउनु भएमा स्टेसन प्रवेश शुल्क जोडिएको हुदैन । सो शुल्क तपाईले स्टेसनमा तिर्न सक्नु हुनेछ ।

Sydney Harbour

Circular Quay बाट फेरी लिएर तपाई Sydney Harbour तथा Parramatta River मा –Manly, Taronga Zoo, Luna Park र Watsons Bay समेत गरि - ३० भन्दा बढी ठाउँमा पुग्न सक्नु हुन्छ । Circular Quay स्टेसन City Circle लुपमा पर्छ । फेरी सेवाको बारे थप जानकारी Sydney Ferries वेभसाइट बाट पाउन सकिन्छ ।

Sydney Opera House

Circular Quay स्टेसन बाट Sydney Opera House करिब १० मिनेटको पैदल बाटो छ ।

Darling Harbour

Darling Harbour हाता Town Hall स्टेसन बाट करिब १५ मिनेटको पैदल बाटो छ । Town Hall मा झर्नुस् र Darling Harbour तिर जाने संकेत पछ्याउनुस् ।

Bondi Beach

Sydney को प्रख्यात Bondi Beach तिर लाग्दै हुनुहुन्छ? Bondi Junction स्टेसन को लागि रेल पक्रनुस् अनि Sydney Buses को समुद्रतट जाने बस सेवा, जस्तै बस मार्ग (route) ३३३, को लागि परिवर्तन गर्नुस् । Bondi Junction Eastern Suburbs & Illawarra लाइनमा पर्छ (नेटवर्कको चित्रमा निलो रँगले जनाउछ) ।

तपाईले कुनै पनि CityRail स्टेसनबाट Bondi Beach जाने रेल र बस यात्रा समावेश भएको Bondi Beach link टिकट किन्न सक्नु हुनेछ ।

Blue Mountains

CityRail सेवा Blue Mountains भरि चल्छ । अधिकांश पहाडी पर्यटक आकर्षणहरु Katoomba स्टेसन नजिकै छन् । नेटवर्कको नक्सामा Blue Mountains लाइनलाई फुस्त्रो र पहेलो रँगले जनाउछ ।

Blue Mountains ExplorerLink टिकटले एक वा तीन दिनको रेल यात्रा र Blue Mountains Explorer यात्री बसमा यात्रा गर्न सकिन्छ ।

Sydney Olympic Park

CityRail को Sydney Olympic Park जाने सेवा हरेक १०-२० मिनेटमा चल्छ । Lidcombe स्टेसन जाने रेल पक्रनुस् र उत्रेर Olympic Park स्टेसन जाने रेलको लागि परिवर्तन गर्नुस् । Lidcombe स्टेसन Western (नेटवर्कको चित्रमा पहेलो रँग), South (हल्का निलो), Inner West (हल्का बैजनी) र Bankstown (सुन्तला रँग) लाइनहरुमा पर्छ ।

कुनै सीधा रेल सेवाहरु Central स्टेसन बाट पनि चालु हुन्छ ।

तपाईले Olympic Park जाने टिकट कुनै पनि CityRail स्टेसनबाट किन्न सक्नु हुनेछ ।

सुरक्षित यात्राको लागि

आकस्मिक सहयोग बिन्दुतपाईको रेल पुर्णत नरोकुन्जेल फलैंचा (platform) मा रहेको पहेलो लाइन पछाडी उभिनुस् ।

रेल चढ्डा वा उत्रिदा रेल र फलैंचा बीचको अन्तरलाई ध्यानमा राख्नु होस् ।

गार्डले सिट्टी बजाइसके पछि र ढोका बन्द हुन थाले पछि कहिले पनि रेलमा भित्रिने कोशीस नगर्नु होस् ।

तपाई बच्चाहरु लिएर यात्रा गर्दै हुनु हुन्छ भने स्टेसन र रेलहरुमा उनीहरुको हात तथा /वा प्राम या स्ट्रोलरलाई बेसकरी समाती राख्नुस्, अनि कुरुन्जेल ब्रेक लगाई राख्नुस् ।

रेल मार्गहरु काट्नु पर्दा जहिले पनि पैदलेपुल, सुरुङ्ग वा तोकिएको पदयात्री लेबल क्रसिंग (pedestrian level crossing) बाट गर्नु होस् । अरु ठाउँबाट काट्दा धेरै खतरा हुन सक्छ । जरीवाना लाग्नेछ ।

नेटवर्क भरि छ सय परिवहन अधिकारीहरु परिचालन गरिएको छ । परिवहन अधिकारीहरुले तपाईको सुरक्षा र समस्या रहित यात्रा दिलाउन नियमित रुपमा CityRail स्टेसनहरु र रेलहरुको पहरा दिइरहन्छ । उहाँहरु प्रहरीसँग मिलेर काम गर्नु हुन्छ र निम्न कार्य गर्ने अधिकार पाएको हुन्छ:

  • हल्लाबाजहरुलाई रेल तथा स्टेसनबाट हटाउने
  • जरीमानाको सूचना जारी गर्ने
  • उल्लंघनकर्तालाई तिनीहरुको सही नाम र ठेगाना दिन लगाउने
  • यात्रीहरुको टिकट जाँच्ने
  • कुनैकुनै अवस्थामा उल्लंघनकर्तालाई गिरफतार गरि पुलिसलाई बुझाइदिने

सबै स्टेसनहरु र धेरै रेलहरुमा आकस्मिक सहयोग बिन्दु (Emergency Help Point) ईन्टरकोम हुन्छ जसबाट अकस्मात पर्दा तपाईले CityRail का कर्मचारीलाई सम्पर्क गर्न सक्नु हुनेछ । हरेक Emergency Help Point २४ सै घण्टा भिडियो निग्रानीमा रहन्छ । कृपया याद गर्नुहोस् की हाम्रा कर्मचारीले तपाईको भाषा नबोल्न सक्छ ।

छोपिएको तथा आवृत ठाउँहरुमा, जस्तै कुर्ने कोठा, शौचालय, भुमिगत स्टेसनहरु वा रेलहरुमा धुम्रपान निषेध गरिएको छ । CityRail को कुनैपनि स्थानमा मद्यपान गर्न पाइदैन । जरीवाना लाग्नेछ ।

राती ढिलो यात्रा गर्दा

तपाईको सुरक्षाको लागि अधिकांश उपनगरीय (suburban) रेल लाईनहरुमा मध्यरात देखि बिहान ४ बजे सम्म रेलको सत्ता NightRide बसहरु चल्ने छ ।

तपाईको वापसी MyTrain टिकट वा MyMulti टिकटले NightRide बस चढ्न सकिन्छ अथवा तपाईले बस चालकसँग एकतर्फि टिकट किन्न सक्नु हुनेछ ।

अधिकांश उपनगरीय (suburban) रेल स्टेसनहरुमा प्रदर्शित बिशेष NightRide bus network को पोष्टरलाई हेर्नु होस् । पोष्टरमा समयतालिका हुन्छ र सबै भन्दा नजिकको NightRide बस बिसौनी देखाउछ ।

थप जानकारी

  • थप जानकारीका लागि Transport Info लाई १३१ ५०० (सेवा अंग्रेजीमा) मा फोन गर्नुहोस् ।
  • यदि तपाईलाई दोभाषेको सहायता चाहिएमा अष्ट्रेलियन सरकारको अनुवाद तथा दोभाषे सेवा (Translating and Interpreting Service) लाई १३१ ४५० मा फोन गर्नुहोस् ।